Health & ENT Articles
Expert patient education and guides written by our clinical specialists to help you protect your ears, hearing, and health.
उमेरसँग सम्बन्धित श्रवण क्षमता घट्ने (Ageing Hearing Loss) को अवस्था
उमेर बढ्दै जाँदा मानिसमा श्रवण क्षमतामा क्रमशः कमी आउनु सामान्य प्रक्रिया हो। सामान्यतया ४० वर्षपछि मानिसमा सुन्ने क्षमतामा बिस्तारै कमी आउन थाल्छ। उमेर बढ्दै जाँदा ध्वनि ग्रहण गर्ने कोषिका तथा नशामा परिवर्तन हुन जाने कारणले श्रवण शक्ति कम हुँदै जान्छ।
प्रेस्वाअकुसिस (Presbycusis): उमेरसँग सम्बन्धित श्रवण शक्तिमा कमी आउने अवस्था
उमेर बढ्दै जाँदा क्रमिक रूपमा श्रवण शक्ति गुम्ने अवस्थालाई प्रेस्वाअकुसिस भनिन्छ। सामान्यतया ४० वर्षको उमेर पछि कानको महत्वपूर्ण भित्री भाग 'कोक्लिया ' मा आउने परिवर्तनले गर्दा क्रमिक रूपमा श्रवण शक्ति कम हुँदै जान्छ। सुरुमा तीखो आवाज सुन्न कम हुँदै केही वर्षमा पुरै फ्रिक्वेन्सीको आवाज सुन्न गाह्रो पर्छ। यसको समस्याको गम्भीरता मानिस अनुसार फरक फरक हुन्छ।
ओटाइटिस मिडिया विथ इफ्युजन (Otitis Media with Effusion - OME) सम्बन्धी जनचेतना सन्देश
ओटाइटिस मिडिया विथ इफ्युजन भनेको कानको पर्दा (eardrum) भित्रको मध्यकानमा पानीजस्तो तरल पदार्थ जम्ने अवस्था हो। यसलाई सामान्य भाषामा “कानमा पानी जम्नु” पनि भनिन्छ। यो प्रायः सानो बच्चामा देखिन्छ।
Ear wax
कानको मैलो (सेरुमेन) कानको प्राकृतिक सुरक्षा प्रणाली हो। यसले धुलो, जीवाणु र साना कणहरूलाई कानभित्र जानबाट रोक्छ र कानलाई सुरक्षित राख्छ। सामान्य अवस्थामा यो आफैं बाहिर निस्कने भएकाले कान सफा गर्न विशेष आवश्यकता पर्दैन।
ओटिटिस मिडियाका जटिलताहरू
एक्युट र क्रोनिक ओटाइटिस मिडिया (कानको मध्य भागको संक्रमण), यी दुवै अवस्थाहरू कानभन्दा बाहिर रोग फैलिनुको कारण बन्न सक्छन्, जसले गर्दा ज्यान नै जान सक्ने जटिलताहरू निम्त्याउन सक्छन्
Chronic Otitis Media Squamous
Chronic Otitis Media Squamous लाई कानको पुरानो संक्रमणको “असुरक्षित” वा “खतरनाक” रूप मानिन्छ। यो मध्य कानको दीर्घकालीन र गम्भीर प्रकारको संक्रमण हो, जसको मुख्य विशेषता भनेको granulation or cholesteatoma भनिने छालाका कोषहरूको असामान्य वृद्धि हुनु हो। यसले वरपरका हड्डीहरू र कानका संवेदनशील संरचनाहरूलाई बिस्तारै नष्ट गर्दै लैजान सक्छ।
Chronic Otitis Media (COM mucosal)
COM mucosal मध्य कानको दीर्घकालीन संक्रमणको एक प्रकार हो। यस अवस्थामा कानको जाली (eardrum) मा प्वाल हुन्छ र कानबाट बारम्बार वा लगातार पानी/पुस बग्ने समस्या देखिन्छ।
Acute Suppurative Otitis Media भनेको के हो?
Acute Suppurative Otitis Media (ASOM) भनेको कानको बीचको भाग (middle ear) मा अचानक हुने ब्याक्टेरियल संक्रमण हो, जसले कान...