९७६८९९१०१४, ९७०५४७४३३९
Ear (कान)

ओटिटिस मिडियाका जटिलताहरू

By Clinical Team May 18, 2026 ⏱️ 1 Min Read

  एक्युट ओटाइटिस मिडिया (Acute Otitis Media): यो कानको मध्य भागमा अचानक हुने संक्रमण हो।

  क्रोनिक ओटाइटिस मिडिया (Chronic Otitis Media): यो लामो समयसम्म रहने वा पटक-पटक भइरहने संक्रमण हो।

"एक्युट र क्रोनिक ओटाइटिस मिडिया (कानको मध्य भागको संक्रमण), यी दुवै अवस्थाहरू कानभन्दा बाहिर रोग फैलिनुको कारण बन्न सक्छन्, जसले गर्दा ज्यान नै जान सक्ने जटिलताहरू निम्त्याउन सक्छन्।"


नेपालमा, एक्युट ओटाइटिस मिडिया को (Acute otitis media) तुलनामा क्रोनिक ओटाइटिस मिडिया का (Chronic otitis media) जटिलताहरू धेरै छन्। ओटाइटिस मिडिया का इन्ट्राक्रैननयल (Intracranial) जटिलताहरू बाट मृत्युदर लगभग ८% छ। विकासशील देशहरूमा यस्ता जटिलताहरूका लागि जिम्मेवार कारकहरू हुन्: गरिबी, शिक्षाको अभाव, एन्टिबायोटिक प्रतिरोध, स्वास्थ्य सेवा सुविधाको अनुपलब्धता र कानबाट पानी निस्कने वा श्रवणशक्ति गुमाउने बारे अज्ञानता।

 


यो किन खतरनाक छ?

उपचार नगरेमा हड्डी खिइँदै गएर ज्यानै जोखिममा पार्ने जटिलताहरू हुन सक्छन्:

कान र वरपर (Extracranial Complications):

  • स्थायी बहिरोपन
  • अनुहारको नसामा पक्षघात (Facial Paralysis)
  • कानको पछाडिको हड्डीमा पीप जम्नु (Mastoid Abscess)


दिमाग (Intracranial Complications):

  • दिमागमा पीप जम्नु (Brain Abscess)
  • दिमागी ज्वरो (Meningitis)

 

त्यसैले COM squamous disease लाई कहिल्यै बेवास्ता गर्नु हुँदैन।

जटिलता भएका बिरामीहरूमा देखा पर्न सक्ने समस्याहरू:

  • धेरै कान दुख्ने
  • कानबाट पानी निस्कने
  • श्रवणशक्ति गुमाउने
  • धेरै टाउको दुख्ने
  • बान्ता हुने
  • ज्वरो आउने
  • कान वरिपरि सुन्निने
  • अनुहारको पक्षाघात
  • चेतना गुमाउने
  • डिप्लोपिया (एउटै वस्तु दुईवटा देखिने) वा चक्कर लाग्ने


निदान (Diagnosis)

  • कानको सूक्ष्म परीक्षण (Otoscopy)
  • श्रवण परीक्षण (Pure Tone Audiometry)
  • हड्डी कति खिइएको छ भन्ने मूल्याङ्कनका लागि HRCT स्क्यान

उपचार (Treatment)

यदि कानबाट पानी निस्कने वा श्रवणशक्ति गुमाउने बिरामीहरूले चाँडै उपचार खोज्छन् भने, ती जटिलताहरू रोक्न सकिन्छ। जटिलताहरूको उपचार औषधिर्सँगै शल्यक्रिया पनि आवश्यक पर्दछ।

औषधिले मात्र cholesteatoma पूर्ण रूपमा हटाउन सक्दैन। त्यसैले:संक्रमण नियन्त्रणका लागि औषधि

प्रायः शल्यक्रिया (Mastoidectomy) नै अन्तिम र भरपर्दो उपचार हो

आवश्यक परे सुनाइ सुधारका लागि थप शल्यक्रिया

यदि कानबाट दुर्गन्धयुक्त पुस बगिरहेको छ, सुनाइ घट्दै गएको छ, वा चक्कर लागिरहेको छ भने तुरुन्त ENT विशेषज्ञसँग परामर्श लिनुहोस्। समयमै शल्यक्रिया र उचित उपचारले गम्भीर जटिलताबाट बच्न र सुनाइ जोगाउन मद्दत गर्छ। उचित र प्रारम्भिक उपचारले बिरामीको जीवन बचाउँछ। हामीले कानका लक्षणहरूलाई बेवास्ता गर्नु हुँदैन अन्यथा, ओटिटिस मिडियाको जटिलताले मृत्यु पनि निम्त्याउन सक्छ!!!