९७६८९९१०१४, ९७०५४७४३३९
Ear (कान)

ओटाइटिस मिडिया विथ इफ्युजन (Otitis Media with Effusion - OME) सम्बन्धी जनचेतना सन्देश

By Clinical Team May 18, 2026 ⏱️ 1 Min Read

ओटाइटिस मिडिया विथ इफ्युजन भनेको कानको पर्दा (eardrum) भित्रको मध्यकानमा पानीजस्तो तरल पदार्थ जम्ने अवस्था हो। यसलाई सामान्य भाषामा “कानमा पानी जम्नु” पनि भनिन्छ। यो प्रायः सानो बच्चामा देखिन्छ।


⚠️ किन हुन्छ?

• बारम्बार रुघाखोकी वा घाँटीको संक्रमण

• एडेनोइड (Adenoid): नाकको पछाड़ी हूने tonsil जस्तो ग्रंथी ठूलो हुनु

• नाक बन्द हुनु वा एलर्जी

• Acute ear infection पछि बाँकी रहेको तरल


🔎 लक्षणहरू

• सुन्ने क्षमता कम हुनु 

• कान दुखाइ धेरै नहुन सक्छ

• बच्चाले टिभीको आवाज धेरै ठूलो राख्नु

• बोलाइ ढिला हुनु

• विद्यालयमा ध्यान नदिनु


🚨 बेवास्ता गरेमा के हुन्छ?


यदि समयमै उपचार नगरेमा:

• दीर्घकालीन सुन्ने समस्या हुन सक्छ

• बच्चाको बोली तथा भाषा विकासमा असर पर्न सक्छ

• पढाइमा कमजोरी आउन सक्छ


🩺 के गर्ने?

• ENT विशेषज्ञबाट जाँच गराउनुहोस्

• Hearing test (Audiometry / Tympanometry) गराउनु आवश्यक हुन सक्छ

• औषधि, नाकको उपचार वा आवश्यक परेमा सानो शल्यक्रिया (grommet insertion) गर्नुपर्ने हुन सक्छ


👨‍👩‍👧‍👦 अभिभावकलाई सन्देश


यदि बच्चाले आवाज नसुनेजस्तो व्यवहार गर्छ भने “जिद्दी गरेको” भनेर नठान्नुहोस्। समयमै जाँच गराउनु नै उत्तम उपाय हो।


समयमै उपचार गरेमा बच्चाको सुनाइ र भविष्य सुरक्षित गर्न सकिन्छ।