उमेर बढ्दै जाँदा मानिसमा श्रवण क्षमतामा क्रमशः कमी आउनु सामान्य प्रक्रिया हो। सामान्यतया ४० वर्षपछि मानिसमा सुन्ने क्षमतामा बिस्तारै कमी आउन थाल्छ। उमेर बढ्दै जाँदा ध्वनि ग्रहण गर्ने कोषिका तथा नशामा परिवर्तन हुन जाने कारणले श्रवण शक्ति कम हुँदै जान्छ।
यस क्रममा तीव्र आवाज सुनिन गाह्रो हुने, टेलिभिजनको आवाज बढाएर सुन्ने बानी हुने, तथा अरूसँग कुरा गर्दा पनि आवाज स्पष्ट नबुझिने जस्ता समस्या देखापर्न सक्छन्। कहिलेकाहीँ सामाजिक जीवनमा पनि असर पर्न सक्छ।
यसका लक्षणहरू :
➤ वृद्ध अवस्थामा सामान्य रूपमा बिस्तारै श्रवण शक्ति घट्दै जानु।
➤ सुन्न सक्ने तर बुझ्न भने गाह्रो हुने।
➤ भीडभाड वा हल्ला भएको ठाउँमा कुरा बुझ्न गाह्रो हुने।
➤ कानमा घन्टी बज्ने (Tinnitus) जस्तो समस्या हुने।
➤ सानो स्वरले बोलाउँदा प्रतिक्रिया नदिनु, ठूलो स्वरले बोलाउँदा मात्र प्रतिक्रिया दिनु।
समस्याको समाधान :
➤ यस समस्यालाई पहिचान गर्न नियमित रूपमा श्रवण परीक्षण गराउनु आवश्यक हुन्छ।
➤ समाजले पनि यस्तो समस्याप्रति बुझाइ राख्नुपर्छ र बिरामीसँग बिस्तारै, स्पष्ट रूपमा बोल्ने बानी बसाल्नु पर्दछ।
➤ प्रारम्भिक समस्यालाई बेवास्ता नगरी छिटो जाँच तथा उपचार गराउनु राम्रो हुन्छ।
➤ सुनाइमा धेरै समस्या भएमा उपयुक्त श्रवण यन्त्र (Hearing Aid) प्रयोग गरी लाभ लिन सकिन्छ।
➤ श्रवण यन्त्रको प्रयोगले धेरै अवस्थामा श्रवण क्षमता सुधार गर्न सहयोग पुर्याउँछ।