९७६८९९१०१४, ९७०५४७४३३९
Ear (कान)

Chronic Otitis Media (COM mucosal)

By Clinical Team May 18, 2026 ⏱️ 1 Min Read

COM mucosal मध्य कानको दीर्घकालीन संक्रमणको एक प्रकार हो। यस अवस्थामा कानको जाली (eardrum) मा  प्वाल हुन्छ र कानबाट बारम्बार वा लगातार पानी/पुस बग्ने समस्या देखिन्छ। 

COM mucosal मा के हुन्छ?

यस रोगमा संक्रमण मुख्य रूपमा मध्य कानको  (mucosal lining) मा सीमित हुन्छ। कानको जालीको प्वाल प्रायः बीच भागमा (central perforation) हुन्छ। समयमै उपचार नगरेमा संक्रमण दोहोरिन सक्छ र सुनाइमा असर पर्न सक्छ।

सामान्य कारणहरू

  • बारम्बार हुने कान संक्रमण
  • युस्टेसियन ट्युबको problem
  • माथिल्लो श्वासप्रश्वास मार्गको संक्रमण
  • कानमा पानी पस्नु

मुख्य लक्षणहरू

  • कानबाट लगातार वा दोहोरिने पानी/पुस बग्नु (प्रायः दुर्गन्ध नहुने)
  • सुन्ने क्षमता घट्नु (conductive hearing loss)
  • कहिलेकाहीँ कान दुख्नु वा भारी महसुस हुनु
  • बारम्बार संक्रमण दोहोरिनु


 

के यो खतरनाक हुन्छ?

COM mucosal लाई सामान्यतया “सुरक्षित प्रकार” मानिन्छ, किनकि यसमा गम्भीर जटिलताहरू कम देखिन्छन्। तर उपचार नगरेमा:

  • क्रमशः सुन्ने क्षमता घट्न सक्छ
  • संक्रमण बारम्बार दोहोरिन सक्छ
  • दुर्लभ अवस्थामा संक्रमण फैलिन सक्छ

निदान

  • ओटोस्कोपीद्वारा कान परीक्षण
  • श्रवण परीक्षण (Pure Tone Audiometry)
  • आवश्यक परेमा कानको स्वाब परीक्षण

उपचार

  • कान सधैं सुख्खा राख्ने
  • एन्टिबायोटिक कान ड्रप
  • आवश्यकता अनुसार शल्यक्रिया (Tympanoplasty) गरी कानको जाली बन्द गर्ने र सुनाइ सुधार गर्ने

 

समयमै उपचार गराऔं

कानबाट लामो समयसम्म पानी बग्ने वा सुनाइ घट्ने समस्या भएमा तुरुन्त ENT विशेषज्ञसँग परामर्श लिनुहोस्। समयमै उपचार गराउँदा दीर्घकालीन सुनाइ समस्या र जटिलताबाट बच्न सकिन्छ।