Chronic Otitis Media Squamous लाई कानको पुरानो संक्रमणको “असुरक्षित” वा “खतरनाक” रूप मानिन्छ। यो मध्य कानको दीर्घकालीन र गम्भीर प्रकारको संक्रमण हो, जसको मुख्य विशेषता भनेको granulation or cholesteatoma भनिने छालाका कोषहरूको असामान्य वृद्धि हुनु हो। यसले वरपरका हड्डीहरू र कानका संवेदनशील संरचनाहरूलाई बिस्तारै नष्ट गर्दै लैजान सक्छ।
रोगको प्रक्रिया (Pathology)
यो समस्या प्रायः कानको जाली भित्रपट्टि तानिने (retraction) बाट सुरु हुन्छ। यसरी बनेको खल्ती वा थैलीमा मृत छालाका कोषहरू जम्मा भएर ‘सिस्ट’ (cyst) जस्तो संरचना बन्छ। यही cholesteatoma ले यस्ता इन्जाइमहरू उत्पादन गर्छ, जसले मध्य कानका हड्डीहरू (hearing bones) लाई गलाउन थाल्छ। समयसँगै यसले कानको संरचना बिगार्न र संक्रमण फैलाउन सक्छ।
मुख्य लक्षणहरू
- निरन्तर दुर्गन्धयुक्त कान पिप बग्नु
- बिस्तारै सुन्ने शक्ति घट्दै जानु
- कान भारी वा बन्द भएको महसुस हुनु
- कडा चक्कर लाग्नु (Vertigo)
- गम्भीर अवस्थामा अनुहारको नसामा असर (Facial weakness)
यो किन खतरनाक छ?
उपचार नगरेमा हड्डी खिइँदै गएर ज्यानै जोखिममा पार्ने जटिलताहरू हुन सक्छन्:
दिमाग (Intracranial Complications):
- दिमागमा पीप जम्नु (Brain Abscess)
- दिमागी ज्वरो (Meningitis)
कान र वरपर (Extracranial Complications):
- स्थायी बहिरोपन
- अनुहारको नसामा पक्षघात (Facial Paralysis)
- कानको पछाडिको हड्डीमा पीप जम्नु (Mastoid Abscess)
त्यसैले COM squamous disease लाई कहिल्यै बेवास्ता गर्नु हुँदैन।
निदान (Diagnosis)
- कानको सूक्ष्म परीक्षण (Otoscopy)
- श्रवण परीक्षण (Pure Tone Audiometry)
- हड्डी कति खिइएको छ भन्ने मूल्याङ्कनका लागि HRCT स्क्यान
उपचार (Treatment)
औषधिले मात्र cholesteatoma पूर्ण रूपमा हटाउन सक्दैन। त्यसैले:संक्रमण नियन्त्रणका लागि औषधि
प्रायः शल्यक्रिया (Mastoidectomy) नै अन्तिम र भरपर्दो उपचार हो
आवश्यक परे सुनाइ सुधारका लागि थप शल्यक्रिया
समयमै उपचार अत्यन्त आवश्यक
यदि कानबाट दुर्गन्धयुक्त पुस बगिरहेको छ, सुनाइ घट्दै गएको छ, वा चक्कर लागिरहेको छ भने तुरुन्त ENT विशेषज्ञसँग परामर्श लिनुहोस्। समयमै शल्यक्रिया र उचित उपचारले गम्भीर जटिलताबाट बच्न र सुनाइ जोगाउन मद्दत गर्छ।