Acute Suppurative Otitis Media (ASOM) भनेको कानको बीचको भाग (middle ear) मा अचानक हुने ब्याक्टेरियल संक्रमण हो, जसले कान दुख्ने र पिप जम्ने समस्या गराउँछ। यो समस्या विशेषगरी बच्चाहरूमा धेरै देखिन्छ।
धेरै जसो रुघाखोकी वा घाँटीको संक्रमण पछि यो समस्या हुने हून्छ । समयमै उपचार नगरेमा यसले जटिल समस्या निम्त्याउन सक्छ।
⚠️ लक्षणहरू
• अचानक कान दुख्ने (धेरै तीव्र पीडा)
• ज्वरो आउनु
• कान भरिएको वा सुनाइ घटेको महसुस हुनु
• बच्चाहरूमा रुनु, चिडचिडापन, दूध नखानु
• कानबाट पिप बग्नु (यदि कानको पर्दा फुटेमा)
👶 बच्चाहरूमा किन बढी हुन्छ?
• बच्चाहरूको Eustachian tube ( नाक र कान जोड़ने नली ) सानो र सिधा हुने
भएकाले संक्रमण सजिलै सर्छ।
• बारम्बार रुघाखोकी लाग्नु
• धुवाँ, धुलो र प्रदूषणको सम्पर्क
• बोतलबाट सुताएर दूध खुवाउने बानी
❗ जटिलताहरू (समयमै उपचार नगरेमा)
• कानको पर्दा फुट्नु
• सुनाइ स्थायी रूपमा कम हुनु
• कानको हड्डी गल्नु (मास्टोइडाइटिस)
• संक्रमण टाउकोभित्र फैलिनु (दुर्लभ तर खतरनाक)
🩺 उपचार
• कानको डाक्टरलाई देखाई सल्लाह अनुसार औषधि गर्ने।
⚠️ आफूखुसी औषधि खानु वा कानमा तेल/जडीबुटी हाल्नु हानिकारक हुन सक्छ।
✅ कसरी बच्ने?
• रुघाखोकी र घाँटीको संक्रमणको समयमै उपचार गर्ने
• बच्चालाई सुताएर बोतलबाट दूध नखुवाउने
• धुवाँरहित वातावरणमा राख्ने
• नियमित खोप लगाउने
• बच्चामा कान दुख्ने वा ज्वरो आएमा ENT विशेषज्ञसँग परामर्श गर्ने
📢 सन्देश
कान दुखाइलाई सामान्य समस्या भनेर बेवास्ता नगर्नुहोस्। समयमै उपचार गरेमा Acute Suppurative Otitis Media पूर्ण रूपमा निको हुन्छ र जटिलता रोक्न सकिन्छ। विशेषगरी बच्चाहरूमा देखिने कानको समस्या तुरुन्त जाँच गराउनु अत्यन्त जरुरी छ।